December 18th, 2018

पैसा छैन ? नआत्तिनुस् !  एनएमबि बैंकले ल्याएको छ विना धितो उद्यमी कर्जा

बैंकिङ खबर । एनएमबि बैंकले “एनएमबि सहुलियतपूर्ण कर्जा” संचालनमा ल्याएको छ । नेपाल सरकारद्धारा जारी “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि २०७५” अनुसार विपन्न वर्गका जनतालाई लक्षित गरी व्यवसाय तथा लघु उद्यमका लागि सहुलियत प्रदान गर्ने उद्देश्यले बैंकले लघु तथा विपन्न वर्ग कर्जा अन्तर्गत यो योजना ल्याएको हो । 

“एनएमबि सहुलियतपूर्ण कर्जा” लघुवित्तमा आधारित आठ प्रकारका व्यवसायहरुमा  लक्षित छ, जस अन्तर्गत सात प्रकारका कर्जाहरु विना धितो प्रदान गरिनेछ । साथै उक्त कर्जाहरु सहुलियतपूर्ण ब्याजदरमा बैंकले उपलब्ध गराउने छ । फलस्वरुप विपन्न वर्गका जनताको उद्यमशिलता तथा व्यवसाय विस्तार गरी दिगो आर्थिक बृद्धिमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

व्याज अनुदान अन्तर्गतका कर्जाहरु 
एनएमबि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा( रु. १० लाख सम्म
एनएमबि शिक्षित युवा स्वरोजगार कर्जा( रु. ७लाख सम्म
एनएमबि वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा– रु. १० लाख सम्म
एनएमबि दलित समुदाय व्यवसाय विकास कर्जा– रु. १० लाख सम्म
एनएमबि उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा – रु. ५ लाख सम्म
एनएमबि भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा – रु. ३ लाख सम्म
एनएमबि महिला उद्यमशीलता कर्जा ( रु. १५ लाख सम्म

यसबाहेक, कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी एनएमबि बैंकले बैंकिङ्ग क्षेत्रमा नौलो “अग्रणी महिला कृषि कर्जा” पनि संचालनमा ल्याएको छ । जस अन्तर्गत उत्पादन लागतमा आधारित रहि रु.१५ लाखसम्मको कर्जा महिला कृषकहरुले  प्राप्त गर्न सक्नेछन् ।

यसै गरी बैंकले निक्षेपकर्ताहरुलाई थप सुबिधा प्रदान गर्ने उद्देश्यले “एनएमबि सहारा बचत  खाता”अन्तर्गत विभिन्न १८ वटा गम्भिर रोगहरु, दुर्घटनाबाट मृत्यु तथा पूर्ण अशक्त भएमा अधिकतम रु.१० लाखसम्मकोे बीमा सुविधा उपलब्ध गराउने छ । बैंकले यस निक्षेप योजनामा सर्वाधिक ७५ ब्याज उपलब्ध गराउनेछ ।