बैंकिङ खबर । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर २८ गते एकै दिन चार नयाँ शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । पोखरा महानगरपालिका भित्र बाग्लुङ्ग बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा बैंकले शाखा विस्तार गरेको हो ।
हाल बैंकले ८ शाखा कार्यलय मार्फत ग्राहकवर्गहरुलाई आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउदै आइरहेको छ । चालु आर्थिक बर्षमा ३ वटा नयाँ शाखा खोल्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यले बताए ।
त्यसैगरी बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्न वर्ग कर्जा समेत प्रवाह गर्दै आएको छ




