बैंकिङ खबर । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको मंसिर २८ गते दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । ६७ प्रतिशत भन्दा धेरै शेयरधनीहरुको उपस्थिती रहेको उक्त सभामा अध्यक्ष खेमराज नेपालले शेयरधनीहरू समक्ष सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७४/०७५ को वार्षिक प्रतिवेदन पेश गरे ।
संस्थाको दोस्रो वार्षिक साधारण सभाले स्वतन्त्र सञ्चालकमा सञ्चालक समितिले नियुक्त गरेका प्रदीप नरसिंह रायमाझीलाई अनुमोदन गरेको छ । साधारण सभाले जारी शेयर पुजी २० करोड ७४ लाख गर्ने, संस्थापक शेयर स्वामित्व ६७.५ प्रतिशतर सर्बसाधारणको शेयर स्वामित्व ३२.५ प्रतिशतमा वर्गीकरण गरी शेयर स्वमित्व कायम गर्ने, प्रबन्धपत्रको उद्देश्यमा विप्रेषण र भुक्तानी सेवाप्रदायक कारोबार गर्ने, उपयुक्त लघुवित्त संस्थालाई प्राप्त हुन जाने र सो सँग सम्बधित कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय समेत गरेको छ ।
हाल संस्थाले २३ जिल्लामा ४२ वटा शाखा कार्यालय मार्फत २३ हजार २ सय भन्दा बढी विपन्न घर परिवारलाई सेवा पुर्योउर्दै आइरहेको छ । संस्थाले ग्राहकहरूको हक हितलाई ध्यानमा राखी ग्राहक संरक्षण कोष स्थापना गरी सदस्य, सदस्यको पति मृत्यु, सदस्य सुत्केरी र सदस्यको घरमा दैवीप्रकोपले क्षति पु¥याउँदा कर्जा मिनाह, कजाक्रिया खर्च, सुत्केरी खर्च जस्ता विभिन्न सेवा तथा सुबिधा प्रदान गर्दै आइरहेको छ ।