लघुवित्तले निष्काशन गरेको ५ लाख ६० हजार ७०० कित्ता आईपिओमा ३०.५० गुणा बढी आवेदन परेको छ ।
चौतारीको आइपीओमा २ लाख ७३ हजार ५०० जनाले १ करोड ७१ लाख कित्ताका लागि आवेदन दिएका छन् । ५६ हजार ७० जनाले आइपीओ पाउँदा २ लाख १७ हजार ४३० जनाको हात भने खाली हुनेछ । चौतारीले मंसिर १९ गतेदेखि ५ लाख ६० हजार ७०० कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
कुल ६ लाख कित्तामध्ये ९ हजार ३०० कित्ता (०.५५) सेयर कर्मचारी र ३० हजार कित्ता (५५) सेयर म्युचुअल फन्डलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले चौतारीको आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ ।
चौतारीको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ रहेको छ । यसमध्ये १२ करोड ६० लाख रुपैयाँ संस्थापक सेयरधनीबाट चुक्ता भइसकेको छ । कम्पनीले चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । आव २०७६ र ७७ मा ४ करोड ६८ लाख र आव २०७७ र ७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण छ ।
चौतारीले चालु आवमा प्रतिसेयर आम्दानी २० रुपैयाँ ९ पैसा र आव २०७६ र ७७ मा २५ रुपैयाँ २१ पैसा पुर्याउने प्रक्षेपण गरेको छ ।