December 9th, 2018

चौतारी लघुवित्तको आईपिओ भर्नुभयो ? आज अन्तिम दिन

बैंकिङ खबर । चौतारी लघुवित्तको आईपिओमा आवेदन गर्ने आइतबार अन्तिम दिन हो । लघुवित्तले मंसिर १९ गतेदेखि सर्वसाधारणका लागि पाँच लाख ६० हजार सात सय कित्ता सेयर निष्काशन गरेकोमा मागभन्दा साढे २२ गुणा बढि आवेदन परिसकेको छ । 

इक्रा नेपालद्धारा आईपिओ ग्रेड ४ को रेटिङ्ग प्राप्त आईपिओमा न्यूनतम ५० देखि अधिकतम तीन हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सिआश्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्थाबाट ७७ जिल्लाबाट तथा मेरो शेयर सफ्टवेयरको प्रयोग गरेर पनि आवेदन दिन सक्नेछन् । 

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर लघुवित्तीय सेवा प्रवाह गर्दै आइरहेको छ । हाल चौतारीको जारी पुँजी १८ करोड ६० लाख रुपैयाँ र १२ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । संस्थापक शेयरधनीबाट १२ करोड ६० लाख रुपैयाँ चुक्ता भइसकेको छ भने आईपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड रुपैयाँ हुनेछ ।