December 7th, 2018

इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रेमिट्यान्सको भुक्तानी कामना सेवा विकास बैंकबाट 

बैंकिङ खबर । इजीलिंक रेमिट्यान्स र कामना सेवा विकास बैंकबीच सम्झौता भएको छ । इजीलिंक रेमिट्यान्स र कामना सेवा विकास बैंकबीच विप्रेषण भुक्तानी सेवा सम्बन्धि सम्झौता भएको हो । 

सम्झौतापत्रमा इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डि.पि. अर्याल , प्रबन्ध निर्देशक दिपेन्द्र खनाल र कामना सेवा बैंकका तर्फबाट कामू. प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेत, डिपोजिट तथा ट्रान्ज्येक्सन बैंकिङ् प्रमुख सुबास भट्टराईले सयुक्त रुपमा हस्ताक्षर गरे । 

सम्झौता अनुसार, विश्वका विभिन्न मुलकबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रकम कामना सेवा विकास बैंकको देशभरि रहेका ६० शाखाहरुबाट साथै, इजीलिंक रेमिट्यान्सको ६००० भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र खनालले बताए ।