December 6th, 2018

एनएमबि बैंक र एफएनसिएसआइ बीच सम्झौता 

बैंकिङ खबर । एनएमबि बैंक र नेपाल घरेलु तथा साना उद्योग (एफएनसिएसआइ) संगठनबीच सम्झौता भएको छ ।  वित्तीय साक्षरता कार्यक्रम संचालन गर्ने सम्बन्धमा आशय पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा एनएमबि बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरे र घरेलु तथा साना उद्योग संगठनका तर्फबाट महा सचिव डम्बर प्रसाद रेग्मीले सम्झौता पत्रमा  हस्ताक्षर गरे । 

उक्त सम्झौता अनुसार वित्तीय साक्षरता कार्यक्रममा साना तथा मझौला उद्यमहरुको पक्षमा केन्द्रित हुनेछ जहाँ यस कार्यक्रमले सहभागी प्रशिक्षार्थीहरुलाई आर्थिक श्रोत सुनिश्चित गर्ने र श्रोतको अधिकतम उपयोग गर्ने विषयमा प्रशिक्षण प्रदान गरिने छ । उक्त वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीहरुले प्रभावकारी आर्थिक निर्णयहरु लिन सक्षम हुने बैंकले विश्वास लिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]