December 3rd, 2018

सिटिजन्स बैंक र सिद्धि पोलिप्याथ ल्याब बिच सहकार्य, बैंकका कार्डबाहकहरु लाभान्वित हुने

बैंकिङ खबर । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र डिल्लिबजार, चारखाल स्थित सिद्धि पोलि प्याथ ल्याब प्रा लि बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले तथा प्याथ ल्याबका तर्फबाट उक्त ल्याबका डाईरेक्टर डा. विश्व श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट÷क्रडिट कार्डवाहक ग्राहकहरुले सिद्धि पोलि प्याथ ल्याबको प्रयोगशालामा जाँच गराउँदा बिशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे तीन लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । बैंकले विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवाका साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।