Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकद्धारा ज्येष्ठ नागरिकलाई सम्मान 

२०७५ मंसिर १७ गते

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडको रोल्पास्थित घर्तिगाउँ शाखाले ज्येष्ठ नागरिकको सम्मानमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा ८० देखि ९६ वर्ष उमेर समूहका स्थानीय १७ जना ज्येष्ठ नागरिकलाई खादा ओडाई सम्मान गरिनुका साथै मिठाई तथा फलफुल वितरण गरिएको थियो ।  

‘तपाईँहरुको पुस्ता नभएको भए, तपाईँहरुको दुःख सुखको साथी नेपाल बैंक हुने थिएन र नेपाल बैंक नभएको भए अहिले हामी यहाँ हुने थिएनौँ । हामी वर्तमानमा तपाईँहरुले कोरेको इतिहासको गोरेटो पछ्याउँदै तपाईहरुकै आशीर्वाद र सद्भाव बोकेर स्वर्णिम भविष्यतर्फ लम्कन चाहन्छौँ । यही गौरवमय जीवित ईतिहासलाई सम्मान गर्न यो कार्यक्रम आयोजना गरिएको हो,’ बैंक शाखा प्रवन्धक महेशराज जोशीले यसो भनिरहँदा ज्येष्ठ नागरिकहरु भावविभोर भएका थिए ।

बैंकको ८२औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरिएकोउक्त कार्यक्रममा ९६ वर्षीय भक्तबहादुर घर्तिमगरले आफूहरु वृद्ध भएपनि बैंक झन्झन् जवान भएको देख्दा खुशी लागेको बताउँदै आफ्नै सन्तान दुरदेशमा बेखबर रहेका बेला बैंकले बा आमा भन्दै सम्मान गरेकोमा अपार हर्ष लागेको अनुभूति साटे । 

Ad