December 3rd, 2018

मुक्तिनाथ विकास बैंकद्धारा पहिरो पिडितलाई सहयोग

बैंकिङ खबर । मुक्तिनाथ विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पहिरोपीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । गत भदौ १३ गते राती आएको अविरल वर्षाका कारण आएको पहिरोमा परी ओखलढुङ्गा, ८ राङ्गादिपका पुर्ण राई र निजको श्रीमती सहितचार जनाको मृत्यु भएकोले बैंकले निजको बाच्न सफल नाबालक छोराछोरीलाई सहयोग स्वरुप ५० हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । उक्त रकम बराबरको चेक मुक्तिनाथ विकास बैंकका रामपुर, ओखलढुङ्गाकी शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाडौँ समाजका सचिव महेश कुमार राईलाई हस्तान्तरण गरे । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]