November 30th, 2018

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको बुढिबजारमा

बैंकिङ खबर । एनआईसी एशिया बैंकले कास्कीको पोखरा महानगरपालिका वडा नं २६ स्थित बुढिबजारमा नयाँ शाखा स्थापना गरेको छ । एनआईसी एशिया बैंकका गण्डकी प्रादेशिक कार्यालय प्रमुख जयन्द्र रावलले एक भव्य समारोहका बिच उक्त शाखाको उद्घाटन गरे । 

मुलुकभर २६८ शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया वासलातको आकार रू. २१२ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४४ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]