November 30th, 2018

ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरबीच सम्झौता 

बैंकिङ खबर । ग्लोबल आइएमई बैंक र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि.बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर प्रा. लि.का कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठ रग्लोबल आइएमई बैंकका कार्ड बिक्रि, वितरण तथा प्रबद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरे ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याईरहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]