Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ल्यापटप किन्न शिक्षकले मुक्तिनाथ विकास बैंकबाट सहज प्रकृयामा कर्जा पाउने

२०७५ मंसिर १३ गते

बैंकिङ खबर । नेपालका सरकारी, सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने तथा शिक्षण सिकाई कार्यमा सुधार ल्याई प्रबिधियुक्त विद्यालय बनाई श्रब्यदृष्य समाग्रीमार्फत विद्यार्थीका पाठ्यक्रमहरु प्रस्तुत गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउने अभिप्रायले मुक्तिनाथ विकास बैंक लिमिटेड र आईसिटी ईन एजुकेशन नेपाल प्रा.लि.वीच सम्झौता भएको छ । 

उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र आईसिटीईन एजुकेशन नेपालको तर्फबाट प्रबन्ध निर्देशक मोहनबहादुर राउतले हस्ताक्षर गरेका छन् । 

यस योजनाअन्तर्गत सरकारी, सामुदायिक तथा निजी विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई ल्यापटप खरिदका लागि मुक्तिनाथ विकास बैंकले सरल प्रकृयामा कर्जा उपलब्ध गराउने छ । यो कर्जा मुक्तिनाथ विकास बैंकको नेपाल अधिराज्यभरका शाखा कार्यालयहरुबाट उपलब्ध गराईनेछ । 

यसबाट विद्यालय, शिक्षक र बिद्यार्थीहरु समेत लाभान्वित हुने र विद्यालयको शैक्षिक गुणस्तरमा प्रभावकारीता आउने अपेक्षा गरिएको छ ।

Ad