November 27th, 2018

झापाको दमकमा गरिमा विकास बैंकको शाखा, छिटै नौ शाखा थपिँदै

बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले झापाको दमका शाखा कार्यालयको उद्घाटन गरेको छ ।  शाखा कार्यालयको उद्घाटन दमक नगरपालिकाका मेयर रामनाथ ओलीले मंगलबार गरे । यससँगै प्रदेश नं.१ को झापा, मोरङ्ग र सुनसरीमा गरिमा विकास बैंक लिमिटेडको शाखा संख्या नौ पुगेको छ । 

गरिमा राष्ट्रिय स्तरको विकास बैंक हो । काठमाडौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौंमा ८ वटा शाखासहित देशभर ६६शाखा र १५ वटा एटीएम संचालनमा छन् । 

यस विकास बैंकले छिट्टै नै पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा शाखा कार्यालय खोल्दैछ । 

२०७५ मंसीर १० गतेसम्म विकास बैंकले रु.२४ अर्ब ७५ करोड निक्षेप संकलन गरी २१ अर्ब ५० करोड कर्जा लगानी गरेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]