November 27th, 2018

एनआईसी एशिया बैंक र सानिमा ईन्स्योरेन्स कम्पनी बीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र इन्स्योरेन्स कम्पनीको तर्फबाट नायब प्रबन्ध निर्देशक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरे ।

उक्त, सम्झौता अनुसार बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका २६६ वटै शाखाहरुबाट सहज रुपमा सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । 
    


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]