November 27th, 2018

सिन्धुपाल्चोकको खाँडिचौर र काभ्रेको पाँचखालमा एनआईसी एशिया बैंकका शाखा विस्तार

बैंकिङ खबर । एनआईसी एशिया बैंकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं.७ स्थित खाँडिचौर र पाँचखाल ४ स्थित समाजकल्याण चोकमा नयाँ शाखाहरु विस्तार गरेको छ । खाडिचौर शाखाको उद्घाटन बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले र पाँचखाल शाखाको उद्घाटन पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले एक समारोहका बीच गरे । 

मुलुकभर २६६शाखा कार्यालयहरु, २७६ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको एनआईसी एशिया बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४३ अर्ब पुगेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख५० हजार रहेको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]