November 21st, 2018

गण्डकी विकास बैंकद्वारा नगद लाभांश प्रस्तावित

बैंकिङ खबर । गण्डकी विकास वैक लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ सम्मको संचित मुनाफाबाट शेयरधनिहरुलाई चुक्ता पूंजीको १४ दशमलव २० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै, उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।

बैंकले केन्द्रीय कार्यालयका साथै आफ्नो ७७ वटा शाखा कार्यालय मार्फत ग्राहक वर्गहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा ABBS, ATM, C-ASBA,IPS, Mobile बैंकिङ सेवा, लकर सेवा, सुन धितोमा कर्जा, रेमिट्यान्स सेवा लगायत, प्रधान कार्यालय तथा केही शाखाहरुबाट ३६५ दिने बैंकिङ सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ । साथै, बैंकले न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ व्यक्तिहरुलाई लघुवित्तकर्जा पनि प्रदान गर्दै आइरहेको छ ।