November 20th, 2018

नेपाल क्रेडिट एण्ड कमर्स बैंक  र नेपाल लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

बैंकिङ खबर । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नेपाल लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका तर्फ वाट  प्रमुख कार्यकारी अधिकृत विवेक झाले संयुक्त रुपमा हस्ताक्षर गरे । 

यस सम्झौता अनुसार एनसीसी बैंकका सम्पुर्ण ग्राहकहरुले सहज रुपमा कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट नेपाल लाइफ  इन्स्योरेन्स कम्पनीको पोलिसी खरिद गर्न सक्नेछन् ।