November 20th, 2018

‘Energy Efficiency Program Nepal’ आयोजना राष्ट्रिय वाणिज्य बैंक मार्फत कार्यन्वयन हुने

बैंकिङ खबर । नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१० मा नेपालको औद्योगिक तथा ब्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ऊर्जा दक्षता कार्यक्रम नेपाल 'Energy Efficiency Program Nepal' आयोजना कार्यन्वयनको लागि परियोजना कार्यान्वयन एजेन्सी (PEA) को रुपमा सहायता सम्बन्धी कार्य गर्ने भएको छ ।

आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३० प्रतिशत सम्म अनुदान रकम बैंक मार्फत उपलव्ध गराइने छ । साथै, कुनै एक ईकाइले न्युनतम  १० लाख र अधिकतम १ करोड सम्मको लागत लाग्ने यन्त्र उपकरणको जडानमा सहायता रकमका लागि दरखास्त दिन पाइनेछ । 

दरखास्तका लागि नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुले Web Page: www.energy-efficiency-nepal.com बाट दरखास्त फारम लगायत विस्तृत जानकारी प्राप्त गरी सम्पूर्ण विवरण तथा आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालयमा सहायता रकमको लागि दरखास्त दिनु पर्नेछ ।

लगायत, यन्त्र उपकरण जडानको लागि बैंक लगायत अन्य कूनै वाणिज्य बैंक बाट ऋण लिने गरि यस आयोजनाको सहयोग समेत लिन इच्छूक ईकाईहरुका लागि सम्बन्धित वाणिज्य बैंक मार्पmत दरखास्त दिनूपर्ने छ । यस्तो अवस्थामा तोकिएको रकम भन्दा ५ प्रतिशत सहायता रकम उपलव्ध गराईने छ ।