बैंकिङ खबर ।सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले “सिटिजन्स बण्ड २०७५” को बिक्री प्रबन्धमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृती पश्चात निष्कासन हुने १००० अंकित दरका २५,००,००० कित्ताले हुुन आउने २ अर्ब ५० करोड बराबरको “सिटिजन्स बैंक बण्ड २०८५” धितोपत्र निष्कासन तथा बिक्री ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्ने भएको छ ।
ऋणपत्र निष्कासन सम्बन्धि सम्झौता पत्रमा सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र ग्लोबल आइएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरे । रु २ अर्ब ५० करोड बराबरका ऋणपत्र मध्ये ८० प्रतिशत (रु २ अर्ब) व्यक्तिगत र २० प्रतिशत (रु ५० करोड) सर्वसाधरणहरुका लागि नेपाल धितोपत्र बोर्डको स्वकृति गरे पश्चात ऋणपत्र निष्कासन तथा बिक्री खुल्ला गरिने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरु बाट करिव ३ लाख पचाँस हजार ग्राहक वर्गहरुलार्ई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ,एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा साथ,ै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।