बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले मुस्कान सेवा नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नं ८ स्थीत सिपाडोलमा रहेको मुस्कान सेवा नेपाललाई अनाथ बालबालिकाहरुको निवास प्रवन्ध मिलाउनको लागि १२ लाख रुपैया आर्थिक सहयोग गरेको हो ।
बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले मुस्कान सेवा नेपालका अध्यक्ष भवानी कुमारी गुरुङ्गलाई एक समारोहका बीच गत शनिबार चेक हस्तान्तरण गरे । मुस्कान सेवा नेपालले अनाथ बालबालिकाहरुको संरक्षण र तिनको शिक्षा प्रवन्धको लागि कार्य गर्दै आइरहेको छ ।
उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, सुशिल श्रेष्ठ, नायव महाप्रवन्धकहरु केशबप्रसाद लम्साल, टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी साथै विभागीय प्रमुखहरु र मुस्कान सेवा नेपालका प्रतिनीधिहरु लगायतको उपस्थिति रहेको थियो ।