मालिका विकास बैँकले ७ करोड ६ लाख ८५ हजार रुपैँया बराबरको बोनस शेयर वितरण गर्ने भएको छ । बैँकले हाल कायम रहेको चुक्ता पुँजीको २९.१४ प्रतिशत बोनस बाँड्न लागेको हो । बैँकको हालको चुक्ता पुँजी २४ करोड २५ लाख ५० हजार रुपैँया रहेको छ ।
बोनस शेयर वितरणसम्बन्धि प्रस्ताव बैँकको जेठ ३२ गते धनगढीमा हुने १६ औँ वार्षिक साधारणसभाले पारित गर्ने छ । सभामा कर प्रयोजनार्थ १.५४ प्रतिशत अर्थात् ३७ लाख २० हजार २ सय ६३ रुपैँया १६ पैसा नगद लाधांश वितरण गर्ने र संस्थापक शेयरधनी र सर्वसाधारण शेयरधनीको अनुपात ७०ः३० प्रतिशतलाई घटाएर ५१ः ४९ प्रतिशतमा कायम गर्ने समेतको प्रस्ताव रहेको छ ।


