बैंकिङ खबर । समितिले जारी गर्ने तयारी गरेको निर्देशिका बीमा कम्पनीहरुले एक्सटेन्सन काउण्टर पनि खोल्ने सक्ने व्यवस्था गरिने भएको छ । बीमा समितिले निर्माण गर्दै गरेको बीमकको शाखा स्थापना सम्बन्धि निर्देशिका २०७५ मा यस्तो व्यवस्था गरिने भएको हो ।
निर्देशिकामा गरिने व्यवस्था अनुसार बीमकले महानगरपालिका र उपमहानरपालिका बाहेकका क्षेत्रमा एक्सटेन्सन काउण्टर खोल्न सक्नेछन् । तर, व्यापािरक, उत्सव, मेला, जोखिमउन्मुख आर्थिक क्रियाकलाप तथा आवद्यिक घुम्ती बजार सञ्चालन हुने स्थलमा बढीमा ३५ दिनका लागी बीमा शुल्क संकलन, दाबी भुक्तानी गर्ने गरी समितिलाई पूर्व जानकारी गराएर मात्र काउण्टर खोल्न सक्ने व्यवस्था गरिएकोे छ ।
उक्त एक्सटेन्सन काउण्टरले बीमाशुल्क संकलन र दाबी भुक्तानी गर्ने कार्य मात्र गर्न पाउनेछ । काउण्टरको लागी बीमकले सम्बन्धित शाखा तोक्नुपर्नेछ । बीमकहरुको उपस्थिति नभएको स्थान र बस्तीमा एक्सटेन्सन काउण्टर खोल्नका लागि बढि प्राथमिकता दिईनेछ ।
घुम्ती सेवा पनि सञ्चालन गर्न सक्ने
बीमा समितिले बीमा कम्पनीहरुलाई घुम्ती सेवा पनि सञ्चालन गर्न पाउने सुविधा प्रदान गर्ने भएको छ । बीमा सेवा सुविधा नपुगेका स्थानमा कम्पनीहरुले घुम्ती सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ । काठमाडौ उपत्यकाको महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका बाहेक कुनै पनि स्थानमा विमकको कुनै नजिकको शाखालाई सम्पर्क कार्यकालय तोकेर घुम्ती सेवा सञ्चालन गर्ने सकिने निर्देशिकामा व्यवस्था गरिेने भएको छ । घुम्ती सेवा संचालन गर्दा, बिमा सेवामा संलग्न हुने नगद, मार्गस्थ नगद, सवारी साधन, कर्मचारी तथा अन्य सम्पतिको बीमा अविबार्य रुपमा गरेको हुनुपर्नेछ ।