एनआईसी एशिया बैंकको भाइटिका उपहार : बैंकबाट दक्षिणा दिँदा बोनस
बैंकिङ खबर । एनआईसी एशिया बैंक लिमिटेडले भाईटिकाको अवसर पारी विभिन्न योजना ल्याएको छ । यो योजना अन्तर्गत बैंकले आफ्ना ग्राहकहरू दक्षिनाको रकम बैंकबाट उपलब्ध गराउनेलाई रू.१०० को बोनस उपलब्ध गराउनेछ । यसै क्रममा यस बैंकले भाइटिकाको उपलक्ष्यमा‘सोच बदलौं भाइटिकाको उपहारस्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत बैंकल आफ्ना ग्राहकहरूलाई रू.१०० को बोनस उपलब्ध गराउनेछ । भाइटिकाको उपलक्ष्यमा ग्राहकहरूले दिने दक्षिणास्वरुपको रकम बैंकको mobile banking बाट रकम ट्रान्सफर गर्दा रू. १०० बराबरको बोनस रकम प्रदान गर्ने उद्देश्यका साथ उक्त योजना ल्याएको बैंकले जनाएको छ ।
बैंकले मुलुकभर २६५ शाखाकार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६७ अर्ब तथाकर्जा रू. १४१ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ ।