October 29th, 2018

बैंकबाटै लुटियो १७ लाख रुपैयाँ

झापाको बिर्तामोडस्थित एनएमबी बैंकबाट एक व्यक्तिको रु १७ लाख लुटिएको छ । बैंकमा रकम जम्मा गर्न आएका ताप्लेजुङ याम्फुदिन–१ का शेरबहादुर गुरुङको रु १६ लाख ९९ हजार लुटेर लगिएको प्रहरीले जनाएको छ । अपराह्न झोलामा रकम लिएर बैंक आएका गुरुङ काउण्टर अगाडि जम्मा गर्न भौचर भर्दै गर्दा एक व्यक्ति झोला बोकेर भागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिए । रकम लुटेर भाग्ने व्यक्तिको सिसी क्यामेरा फुटेजबाट पहिचान खुल्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]