बैंकिङ खबर । बाँके, बर्दिया र दाङ गरी तीन जिल्ला कार्यक्षेत्र रहेको भार्गव विकास बैंक लिमिटेडले आफ्नो दशौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभाले अध्यक्ष डम्बर बहादुर थापाद्धारा प्रस्तुत प्रतिवेदन, आ.व. २०७४/०७५ को लागि वाह्य लेखापरिक्षकको नियुक्ती लगायत आ.व. २०७३/०७४ को वासलात लाई सर्वसम्मतीले पास गरेको छ । साथै, आ.व. २०७३/०७४ सम्मको संचित मुनाफाबाट ५.५५५६ प्रतिशत बोनस सेयर तथा ०.२९२४ प्रतिशत नगद लाभांश (करप्रयोजनार्थ) सेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको छ । वोनस सेयर थप गरे पश्चात बैंकको कुल चुक्ता पुुजी र जारी पुँजी रु ५० करोड १६ लाख पुग्नेछ भने अधिकृत पुँजी रु ६० करोड हुनेछ । बैंकले उपर्युक्त बैंक तथा वित्तिय संस्थासंग एक आपसमा गाभ्ने÷गाभिने (मर्जर हुने), प्राप्ती/समाहित हुने (एक्वीजिसन) हेने/गर्ने सन्दर्भमा सञ्चालक समितिलाई अख्तियारी पनि प्रदान गरेको छ ।
बैंकले समिक्षा बर्ष २०७३/०७४ मा गत आ.व. को तुलनामा निक्षेप तर्फ २७.३९ प्रतिशतले र कर्जातर्फ २७.०१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । नाफातर्फ अघिल्लो आ.व.को तुलनामा १०.८९ प्रतिशतले बृद्धि भएको छ । साथै आ.व. २०७३/०७४ र २०७४/०७५ को तुलना गर्दा बैंकले आफ्नो निक्षेप तथा कर्जा दुवैमा क्रमशः ५८.६९ र ६६.३० उल्लेख्य वृद्धि गरि क्रमश रु ३ अर्व ११ करोड ३५ लाख निक्षेप संकलन र रु २ अर्व ३९ करोड ८१ लाख कर्जा लगानी गरि रु ३ करोड ९६ लाख २५ हजार खुद मुनाफा कमाउन सफल भएको छ ।
साधारण सभालाई सम्वोधन तथा आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष थापाले बैंकको ब्यवसायिक बृद्धिदर सन्तोषजनक रहेको तथा आन्तरीक नियन्त्रण प्रणाली चुस्तदुरुस्त राखि गुणस्तरीय सेवा प्रवाह गरिरहेको यस बैंकले आगमी आ. व. मा आफ्ना लगानीकर्ताहरुलाई अझ राम्रो प्रतिफल दिन सफल हुने कुरामा ढुक्क रहन सम्पुर्ण सेयरधनीहरुलाई आश्वास्त पारे । नेपाल राष्ट्र बैंकले तोके वमोजिमको चुक्ता पुँजी पुर्याई सकेको र थप २ जिल्ला जान सक्ने नेपाल राष्ट्र बैंकको प्रावधान बमोजिम बैंकले कैलाली र कञ्चनपुर जिल्लामा आफनो थप कार्यक्षेत्र विस्तार गरी यो आर्थिक बर्ष भित्रमा २५ वटा शाखा कार्यालयहरु पुर्याउने योजना रहेको बताए । बैंकलाई अझ मजवुत एवं प्रतिस्पर्धि रुपमा अगाडी बढाउँदै जाने पक्षमा सम्पुर्ण सेयरधनिहरु रहेकोमा अत्यन्त खुशी ब्यक्त गर्दै यस बैंकले साच्चि नै यस क्षेत्रको उन्नती र प्रगतीमा अग्रणी भुमिका निभाउँदै जाने कुरामा आफु विश्वस्त रहेको जानकारी गराए ।
बैकको हाल प्रधान कार्यालय सहित १७ वटा शाखा कार्यालयहरुबाट बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उच्च प्राथमिकतामा राख्दै विभिन्न किसिममा थप सेवा तथा सुविहरु प्रदान गर्दै आईरहेको छ । ३६५ दिने बैंकिङ्ग सेवा, सम्पूर्ण रेमिट्यान्स सेवा, चेक क्लियरिङ्ग र अन्तरबैंक रकम ट्रान्सफर सेवा, निःशूल्क अनलाईन एबिबिएस बैकिङ्ग सेवा, सन्ध्याकालिन काउण्टर सेवा, सि–आस्वा सेवा लगायत अन्य विभिन्न सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।