October 12th, 2018

ताप्लेजुङको फुङलिङ  र महोत्तरीको बर्दिवासमा गण्डकी विकास बैंक

बैंकिङ खबर । गण्डकी विकास बैंकले आज एकैदिन २ शाखाको ओपचारीक उद्घाटन गरेको छ । ताप्लेजुङ्ग स्थित फुङलिङ शाखाको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल र महोत्तरी जिल्ला स्थित बर्दिबास शाखाको उद्घाटन बर्दिबास नगरापालिकाका मेयर विदुर कुमार कार्कीले गरे । 

बैंकले केन्द्रिय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबिबिएस, एटिएम, सिआस्वा, आईपिएस, मोबाइल बैकिङ्ग सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिने बैकिङ्ग सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्नवर्ग कर्जा तथा समुहमा आवद्घ लघुवित्तकर्जा पनि प्रदान गर्दै आएको छ । 
 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]