Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकले ल्यायो चिपबेस्ड भिसा डेविट कार्ड, वार्षिकोत्सवको अवसरमा निःशूल्क वितरण 

२०७५ आश्विन १७ गते

बैंकिङ खबर । नेपाल बैंक लिमिटेडले आगामी ८२औँ वार्षिकोत्सवका उपलक्षमा आफ्ना ग्राहकलाई थप सुविधा उपलव्ध गराउने क्रममा चिप बेस्ड भिसा डेविट कार्ड संचालनमा ल्याएको छ । यही असोज १५ गतेबाट संचालनमा ल्याईएको यो कार्ड बैंकको ८२ औँ वार्षिकोत्सव आगामी कार्तिक ३० गतेसम्म ग्राहकलाई निःशुल्क जारी गरिने छ । 

यसअघि बैकले संचालनमा ल्याएको एससिटि कार्ड प्रतिस्थापन गरी ल्याईएको यो कार्डमा एटिएम आउटलेट र प्वाईन्ट अफ सेल्स (पिओएस) मेसिनबाट भुक्तानी लिन र दिन सकिने थप विशेषता रहेका छन् । 

बढी सुरक्षित र भुक्तानी लेनदेनमा सहजता रहेको यस सेवाबाट देशको दुरदराजदेखि सुगमका नेपाल बैक लिमिटेडका लाखौं ग्राहक लाभान्वित हुने विश्वास लिईएको छ । 

Ad