Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

दशैँमा बैंक विदाको सूचि कस्तो छ ?

२०७५ आश्विन १६ गते

बैंकिङ खबर । यसपाली दशैँको समयमा पाँच दिनमात्रै बैंक बन्द हुने भएको छ । दशैं विदा गत बर्षहरुको भन्दा तीन दिन थप कटौति गरिएको हो । जसअनुसार, अब घटस्थापना, द्वादशी र कोजाग्रत पूर्णिमामा सार्वजनिक विदा हुने छैन । दशैं विदा असोज ३० गते फूलपातिदेखि कात्तिक ३ गते एकादशीसम्म पाँच दिनमात्र हुनेछ । यी दिनहरुमा बैंक खुल्दैनन् । एकादशीको भोलीपल्ट कात्तिक ४ गते आइतबारदेखि नियमित रुपमा बैंकहरु खुल्नेछन् ।