उक्त बैंकिङ/बीमा एक्स्पोमा विभिन्न बैंक, वित्तीय संस्थाहरु, बीमा कम्पनी लगायतले सूचनामूलक स्टलहरु समेत राख्नेछन् । नेपालमै उद्यमशीलता गर्न चाहाने तथा उद्यमशीलता गरिरहेकाहरुलाई बैंकिङ कर्जाका बारे जानकारी लिन एक्स्पो महत्वपूर्ण हुने बताइएको छ । त्यसैगरी उक्त एक्स्पो म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीका लागि बैंक र बीमा बुझ्ने उपयूक्त गन्तव्य हुने छ । एक्स्पोमा बैंकिङ कर्जा, बैंकिङ लगानी र उद्यमशीलता, बैंकिङ टेक्नोलोजी, लघु उद्यमशीलता, बीमा, तथा सेयर बजारका बारे लगातार रुपमा अन्तरक्रियात्मक कार्यक्रम समेत संचालन गरिने छ । एक्स्पोमा सहभागिहरुले निशुल्क रुपमा उक्त कार्यक्रममा भाग लिन सक्नेछन् । अन्तरक्रिया कार्यक्रममा बैंकर्स, बीमा विज्ञ, केन्द्रीय बैंकका प्रतिनिधि, मर्चेन्ट बैंकर्स संघका अध्यक्ष, बीमा समितिका अध्यक्ष लगायतले सम्बन्धित विषयमा प्रस्तुति गर्नेछन् ।