
बैंकिङ खबर । नेपालमा लघुवित्तको सुरुवात गर्ने श्रेय डा. हरिहरदेव पन्तलाई जान्छ जो त्यतिबेला नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर थिए । सुरुवाती अवस्थामा लघुकर्जा भनेर कार्यक्रम सुरु गरिएको थियो । पछि, लघुवित्त भन्न थालियो । सरकारी स्तरबाट ग्रामीण बैंक र निजी क्षेत्रबाट गैह्रसरकारी संस्थाहरुबाट सुरुवात भएको लघुवित्त कार्यक्रम पछि लघुवित्त विकास बैंक प्रवर्धन गरी सोही बैंक मार्फत कार्य सुरु गर्न थालियो ।
वि सं. २०३१ सालमा नेपाल राष्ट बैङ्कले ५ प्रतिशत निक्षेपमा साना व्यवसाय लगानी गर्नुपर्न व्यवस्था गर्यो । वि.स २०३६/३७ सालमा विश्व खाद्यकृषि सगंठनले कृषि विकास बैंकमार्फत साना किसान विकास आयोना सुरुवात भयो । वि स २०३८ सालमा नेपाल राष्ट बैंकको निर्देशनमा राष्ट्रिय बाणिज्य बैङ्कबाट सघन बैकिङ्क कार्यक्रम सुरु भयो । वि. स २०३९ सालमा नेपाल सरकार महिला विकास विभाग बाट ग्रामिण महिलाको लागि उत्पादन कर्जा परियोजन सरु भयो । वि स २०४७ सालदेखि विपन्न वर्गमा कुल कर्जाको ३ प्रतिशतमा कर्जा लगानी गर्ने व्यवस्था सुरु भयो । लघुवित्त एउटा आन्दोलनको रुपमा विकास र विस्तार हुनलाई २०४६ को प्रजातन्त्र पुनरवहाली कुर्नुपर्यो । वि स २०४७ सालदेखि विपन्न वर्गमा कुल कर्जाको ३ प्रतिशतमा कर्जा लगानी गर्ने व्यवस्था सुरु भयो । वि.स २०४८ सालमा गैर सरकारी सस्था र निजि क्षेत्रबाट लघुवित्त कार्यक्रको सुरुवात भयो ।
२०४९ सालमा नेपाल राष्ट्र बैंकको सकृयता तथा नेपाल सरकार समेतको लगानीमा बंगलादेशको ग्रामिण बैंक वित्तीय प्रणाली अनुशरण गर्दे पूर्वाञ्चल ग्रामिण विकास बैंक र सुदूर पश्चिमाञ्चल ग्रामिण विकास बैंक स्थापना भए । त्यस लगत्तै वि.स २०५० सालमा गैरसरकारी संस्थाहरु निर्धन, सिएसडी, छिमेक लगायतका संस्थाहरुबाट लघुवित्त कार्यक्रम सञ्चालन सुरु भयो । यसैले आज लघुवित्त सेवाले वैकल्पिक वित्तीय सेवाको रुप ग्रहण गर्नुमा सरकारी तथा गैह्रसरकारी प्रयासको प्रतिफलको रुपमा लिनुपर्छ ।
विगतमा नेपाल राष्ट्र बैंकको अगुवाईमा साना क्षेत्र कर्जा कार्यक्रम, प्राथमिकता क्षेत्र कर्जा कार्यक्रम, सघन बैंकिंग कर्जा कार्यक्रम, साना तथा घरेलु उद्योग कर्जा कायक्रम, ग्रामीण महिलाहरुको लागि उत्पादनशील कर्जा कार्यक्रम जस्ता विभिन्न गरिबी लक्षित कर्जा कार्यक्रमहरु पनि बैंक तथा वित्तीय संस्थामार्फत सञ्चालन नभएका होईनन् । तर, यी कार्यक्रमहरुबाट लक्षित उद्देश्य हासिल हुन नसकेपछि त्यसबाट पाठ सिक्दै हालका लघुवित्त कार्यक्रमहरु सुरुवात भएको देखिन्छ । हालको लघुवित्त कर्जा कार्यक्रम विशेषतः बंगलादेशका प्रोफेसर मोहम्मद युनुसको ग्रामीण बैंक बंगलादेशको कार्यक्रमबाट प्रभावित भएर नेपालमा सुरु गरिएको हो ।
नेपालका वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीहरुले पनि लघुवित्त क्षेत्रमा आफनो कारोबार केन्द्रित गर्न सुरु गरेका छन् । शाखारहित बैंकिङ, ग्रामीण शाखा, र विभिन्न आधुनिक प्रविधिमार्फत उपरोक्त संस्थाहरु लघुवित्त क्षेत्रमा क्रियाशील छन् । विभिन्न सहकारी संस्थाहरु र वित्तीय गैह्रसरकारी संस्थाहरुबाट पनि नेपालमा लघुवित्त सेवाहरु प्रदान भईरहेका छन् । अन्य वित्तीय संस्थाहरुले वित्तीय कारोवार गरेता पनि घ वर्गका लघुवित्त वित्तीय संस्थाहरु नै यो क्षेत्रमा अग्रणी र नेतृत्वदायी भुमिकामा क्रियाशील छन् ।
नेपाल जस्तो गरिबी मुलुकमा लघुवित्त कार्यक्रमलाई अगाडी बढाउदै गरिब तथा विपन्न वर्गहरुलाई टेवा पुर्याउदै आएकोमा भोली आर्थिक विकास हुने बाटो छ अवश्य छ ।



