Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी बैंक र क्राउन लेब्रोटरीबीच सम्झौता

२०७५ भाद्र २० गते

बैंकिङ खबर । लक्ष्मी बैंक तथा क्राउन लेब्रोटरी एण्ड रिफरल सेन्टर (के– ल्याब) ले नेपाल अधिरज्यभर न्यूनतम मूल्यमा गुणस्तरीय प्रयोगशाला सेवा उपलब्ध गराउने उद्देश्यसहित एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग तथा के–ल्यावका तर्फबाट कान्ति थापाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापछि लक्ष्मी बैंकका ग्राहक एवं कर्मचारीहरुले के–ल्यावले प्रदान गर्ने विभिन्न सुविधाहरुमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन् । 
लक्ष्मी बैंकका ४६ जिल्लाहरुमा ९० शाखा, ३ वटा हस्पिटल काउन्टर, १०६ एटिएम तथा२५०० रेमिट्यान्स एजेन्ट तथा ५१ शाखारहित बैकिङ्गएजेन्टहरु रहेका छन् ।

Ad