Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जनता बैंकका कर्मचारीलाई तालिम दिँदै एनबीआई

२०७५ भाद्र १५ गते

बैंकिङ खबर । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेड र जनता बैंक नेपाल लिमिटेड भदौ १५ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंक नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवंर क्षेत्री र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसंजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार एनबीआईले जनता बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता अनुसार जनता बैंक ले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम संचालन गराउने छ ।

Ad