बैंकिङ खबर । कैलाश विकास बैंक लिमिटेडको काठमाडौंको ठमेलमा ६३ औँ शाखाको समुद्घाटन सम्पन्न भएको छ । उक्त शाखाको समुद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिव राज श्रेष्ठले संस्थाको सञ्चालक समितिका अध्यक्ष नारायण प्रसाद पौडेलको सभापतित्वमा सम्पन्न एक समारोहका बीच गरे ।
कैलाश विकास बैंकको यस शाखाबाट बिदेशी मुद्रा खरिद बिक्री रेमिटान्स, कर्जा निक्षेप कारोवार सहित सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने बैंकका प्रमुख कार्यकारी अधिकृत अमृत चरण श्रेष्ठले बताए ।
यस नयाँ शाखा सहित बैंकको शाखा संख्या ६३ पुगेका छन् भने एटिएम संख्या २७ पुगेका छन् । बैंकले निकट भविष्यमा बांँके जिल्लाको नेपालगञ्ज, सुर्खेतको छिन्चु बजार, महेनद्रनगर, दाङ्गको तुल्सीपुर लगायत अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।
राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२२ अर्व ८६ करोड निक्षेप संकलन गरी रु.२० अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ भने २०७४/०७५ को अपरिष्कृत वित्तीय बिवरण बमोजिम ५५ करोड १३ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग ईन्टरनेट बैंकिङ्ग सेवा, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।