Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिर्जना फाइनान्सको २१ औं शाखा सप्तरीको बोदे बर्साइनमा

२०७५ भाद्र १० गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंक बाट “ग”वर्गको इजाजतपत्र प्राप्त सिर्जना फाइनान्स लिमिटेडले आफ्नो २१ औं शाखा सप्तरी जिल्लाको बोदेबर्साइन न.पा.वडा नं ५ मा स्थापना गरेको छ । नगर प्रमुख आतेश कुमार सिंहले उक्त शाखाको समुद्घाटन गरे । 

समुद्घाटन समारोहमा बोल्दै सिंहले ग्रामिण जनतामाझ वित्तीय संस्था आएकाले स्थानीय जनता प्रत्यक्ष्य लाभान्वित हुने बताए । 

उक्त शाखाबाट कर्जा तथा बचत बाहेक विप्रेषण, २४ घण्टै एटिएम सुविधा तथा मोवाइल बैंकिङ्ग समेतको सुविधा प्रदान गरि ग्रामिण भेगका जनतामा समेत बैंकिङ्ग पहुँच पुर्याउने पुर्याउने संस्थाका प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाईँले बताए ।

Ad