August 25th, 2018

‘केही समयमा ‘हुण्डी’ भन्ने शब्द लोप हुनेछ’

डिपी अर्याल । २०१० सालबाट जापानबाट अन्तरराष्ट्रिय रुपमा रेमिट्यान्स सेवा भित्रिएको हो । अहिले जापानका करिब १० देखि १२ वटा रेमिट्यान्स कम्पनीहरुले नेपालमा पैसा पठाउने गर्दछन् । जापानबाट अरबौँ रुपैयाँ नेपालमा आउने गरेको छ । 

नेपालको अर्थतन्तन्त्रमा रेमिट्यान्सले धेरै ठुलो भुमिका खेलेको छ । रेमिट्यान्सले  नेपालको आर्थिक क्षेत्रमा लङटर्म असर पार्छ की सर्टटर्म असर पार्छ भन्ने कुरा नेपाल राष्ट्र बैंक वा नेपालको वित्तीय क्षेत्रले अवलोकन गरीरहेको छ । मलाई लाग्छ, रेमिट्न्सले गर्दा नेपालको अर्थतन्त्र क्षेत्र सुधारोन्मुख बाटोतर्फ दैडिरहेको छ ।

नेपालमा नयाँ नीति, नयाँ सरकार र नयाँ योजना आएको कारण नेपाली युवाहरुको विदेश जाने क्रम घट्छ की भन्ने आशा गरिएको छ । तर यो पछिल्लो समयलाई हेर्ने हो भने विदेशमा विदेशी सरकारले नीति तथा नियमहरु कडाईका साथ लागु गर्दै आएको छ । विदेशमा विभिन्न कानुनी कठिनाईहरु भएतापनि विदेशीने युवाहरुको संख्या भने घटेको जस्तो मलाई लाग्दैन । बरु झन् बढेको छ । पढाईको सिलसिलामा विदेश जाने, काम गर्न जाने र व्यवसाय गर्न जाने युवाहरुको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । खाडि मुलुकदेखि युरोपका विभिन्न ठाउँहरुमा विदेश पलायन बढ्दो क्रममा छ ।

पछिल्लो समयमा हुन्डी कारोबार गर्दा रेमिट्यान्स क्षेत्रमा समस्या देखिएको थियो । तर नयाँ आर्थिक बर्षसँगै रेमिट्यान्स क्षेत्रमा सुधार हुँदै आएको छ । यो समयमा रेमिट्यान्सले आफ्नो उचाईमा फड्को मारिसकेको छ । रेमिट्न्सको बढ्दो विकासका कारण हुन्डी कारोबारमा कम हुँदै गएको छ । हुन्डीमा नेपाल सरकारले पनि एकदम कडाई गरको छ । एक लाखभन्दा बढि कारोबारमा क्यास लिन नपाउने भनिएको छ । अब आउने पछिल्लो दिनहरुमा हुन्डी भन्ने शब्द नै लोप हुँदै जान्छ भन्ने मलाई लाग्छ ।  रेमिट्न्यासमा प्रतिष्पर्धा बढ्दै आएको कारण हुन्डी को कारोबार नेपालमा घटदै गएको छ ।

रेमिट्यान्सले शुद्ध नेपालमा फरेन करेन्सी, विदेशी मुद्रा भित्राउने र नेपालका बैंकहरुबाट सटही गरेर ग्राहक समक्ष पुर्याउने काम गर्दछ ।  पछिल्लो समयमा रेमिट्यान्स क्षेत्रको सेवामा प्रतिष्पर्धा बढिरेहेको छ । सबैं रेमिट्यान्स कम्पनिहरु अग्रसर रुपमा अगाडी बढिरहेका छन । अनहेल्दी शैलीमा गर्ने प्रतिष्पर्धा र करपोरेट शैलीमा नजाने नेपालीहरुको बानीले गर्दा नेपालमा होस वा विदेशमा जहाँ व्यवसाय गरेता पनि त्यो व्यवसाय दिर्धकालीन हुने हो वा धराशायी हुने हो भन्ने सोचाईले गर्दा राम्रो नतिजा हात नपरेको हो । नेपालीहरुको प्रतिष्पर्धा अन्तराष्ट्रिय रुपमा पनि हुँदै आएकाले यस्तो सोचाई त्याग्नुपर्ने देखिन्छ । 

विदेशमा जानु नराम्रो होइन । विदेशमा केही बर्ष बसेपछि त्यहाँ सिकेको ज्ञान र प्रविधिलाई नेपालमा आएर निरन्तरता दिन सक्यो भने आफु पनि उद्यमी बन्न सकिन्छ साथै, सानो सानो रोजगारी अरु नेपाली युवाहरुलाई पनि दिन सकिन्छ । यसो गर्न सकियो भने अरु युवाहरुले पनि नेपालमा रोजगारी पाउछ र विदेश जाने क्रम स्वतः रुपमा घट्दै जान्छ । ( इजीलिंक रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत अर्यालद्धारा मिडिया इन्टरनेशनलद्धारा आयोजित एक कार्यक्रममा व्यक्त गरिएको विचारमा आधारित ।) 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]