Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्थसमितिमा गभर्नरको सम्बोधन : आर्थिक वृद्धिदर ८ प्रतिशतभन्दा नाघ्न सक्ने

२०७५ भाद्र ५ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालले चालु आर्थिक वर्षमा निर्धारण गरिएको आर्थिक वृद्धि ८ प्रतिशत भन्दा नाघ्न पनि सक्ने बताएका छन् । मंगलबार अर्थसमितिमा सम्बोधन गर्दै गर्भनर डा. नेपालले यस्तो बताएका हुन् । 

राष्ट्र बैंकको हालको काम कारवाही, भावी योजना र प्राथमिकताबारे जानकारी गराउँदै उनले बाँकी ११६ वटै स्थानीय तहहरुमा वाणिज्य बैंकको शाखा खोली वित्तीय सेवा सुविधा पुर्याउने, कृषि व्यवसायलाई प्रोत्साहन गर्ने, कर्जा र निक्षेपको व्याजदर अन्तर ४.४ प्रतिशतका ल्याउने लगायतको योजना रहेको उल्लेख गरे । आफूहरुसँग रिपोर्टको प्रभावकारी कार्यान्वयन गर्ने स्पष्ट योजना रहेको समेत उनले स्पष्ट पारे । 

पछिल्लो समय नेपालमा वैदेशिक लगानी बढको उनले जानकारी दिए । त्यस्तै, रेमिट्यान्स आप्रवाह ८.६ प्रतिशतले बढेर सात खर्ब ५५ अर्ब छ करोड रुपैयाँ पुगेको समेत उनले उल्लेख गरे । गभर्नर डा. नेपालका अनुसार, अघिल्लो वर्ष १० अर्ब १३ करोड रुपैयाँले घाटामा रहेको चालू खाता घाटा आर्थिक वर्ष २०७४।७५ मा दुई खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ८२ अर्ब ११ करोडले बचतमा रहेको समग्र शोधनान्तर स्थिति भने गत आर्थिक वर्षमा ९६ करोड रुपैयाँ मात्र बचतमा रहेको छ । त्यस्तै, बैंकिङ क्षेत्रसँग ११ खर्ब दुई अर्ब ५९ करोड रुपैयाँ विदेशी विनिमय सञ्चिती रहेको छ, जुन १० दशमलव ८ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरुले आफ्नो प्राथमिक पूँजीको बढीमा २५ प्रतिशतसम्म विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था गरेकोमा हालसम्म एनएमबि बैंकले मात्रै अमेरिबी डलरमा एक करोड ५० लाख रुपैयाँ ऋण लिएको गभर्नर डा. नेपालले बताए । उनका अनुसार, एनएमबि बैंक अमेरिकी डलरमा नै थप एक करोड ऋण लिने प्रक्रियामा रहेको छ ।