बैंकिङ खबर । यो साता बैंक तथा वित्तीय संस्थाले विभिन्न नयाँ बचत खाता तथा कर्जा योजनाहरु सार्वजनिक गरे । केही बैंकहरुले मुलुकका विभिन्न स्थानमा शाखा विस्तार गरे । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रममा पनि बैंकहरु अग्रसर देखिए । समग्रमा, साताभरका मूख्य बैंकिङ खबरहरु यहाँ प्रस्तुत गरिन्छः
सिटिजन्स बैंकको नयाँ खाता योजना
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले “मेरो सिटिजन्स बचत खाता” सार्वजनिक गर्यो । न्युनतम मौज्दात रु १०० मै खाता खोल्न मिल्ने ‘मेरो सिटिजन्स बचत खाता’ मा निःशुल्क अन्तर शाखा कारोबार (एबिबिएस), निःशुल्क सिटिजन्स स्र्माट (मोबाइल) बैंकिङ सुविधा, अनलाइन कारोबार गर्न सुरक्षित थ्रिडी सेक्योर प्रविधिमा निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दै ५० प्रतिशत छुट, निः शुल्क आस्वा सेवा जस्ता थुप्रै आकर्षक विशेषताहरु उपलब्ध छन् । दैनिक मौज्दातमा ७ प्रतिशत व्याज गणना गरी त्रैमासिक रुपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको बैंकले जानकारी दिएको छ । ग्राहकहरुको सेवालाई मुख्य प्राथमिकता दिने यस बैंकले आगामी दिनमा अझै उत्कृष्ट बैंकको श्रेणीमा पुग्ने विश्वास लिएको छ ।
ज्योति विकास बैंकको नयाँ खाता योजना
ज्योति विकास बैंक लिमिटेडले ‘ज्योति श्रमजिवी बचत खाता’ संचालनमा ल्यायो । “वार्षिक ८५ ब्याजदर दिने यस बचत खातामा निःशुल्क बीमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुटको व्यवस्था गरिएको छ । त्यस्तै, भिसा डेबिट कार्ड, स्मार्ट मोबाइल बैंकिङ, एबिबिएस, सीआस्वा, चेक बुक, इन्टरनेट बैंकिङ जस्ता सेवाहरु निःशूल्क गरिएको छ । यसबाहेक, लकर सुविधामा र गुड फर पेमेन्ट चेक जारी गर्दा पनि बिषेश छुट दिइएको छ । स्थायी कर्मचारीहरुका लागि ज्योति प्रोफेसनल लोनको पनि ब्यवस्था गरिएको छ ।
गण्डकी विकास बैंकको नयाँ कर्जा योजना
गण्डकी विकास बैंक लिमिटेडले गण्डकी सुरक्षित आवास कर्जा योजना बजारमा ल्यायो । जसमा ग्राहकले घररजग्गा खरिद गर्न र घर निर्माण गर्नको लागि रु. पाँच लाख देखि पाँच करोडसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । कर्जाको अवधि अधिकतम २० वर्ष सम्म रहनेछ भने सेवा तथा अन्य शुल्क नलाग्ने बैंकले बनाएको छ । ब्याज मात्र तिरे पुग्ने यस कर्जाको व्याजदर वेस रेटमा अधिकतम २ प्रतिशतसम्म मात्र थप गरी निर्धारण गरिने छ । जसको लागि ग्राहकले आफ्नो वा आफ्नो एकाघर परिवारको नाउँमा बैंकमार्फत जीवन बीमा गराउनु पर्नेछ । बीमा अवधि पश्चात् ग्राहकले बोनस रकम समेत प्राप्त गर्नेछन् ।
राष्ट्र बैंकमा जिम्मेवारी हेरफेर
नेपाल राष्ट्र बैंकअन्तर्गत जनशक्ति ब्यवस्थापन विभागको जिम्मा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई दिइयो । डेपुटी गभर्नर शिवराज श्रेष्ठको मातहतमा रहेको विभागलाई अर्का डेपुटी गभर्नर शिवाकोटीको मातहतमा सारिएको हो । यससँगै, राष्ट्र बैंकका १७ वटा विभागमध्ये शिवराज श्रेष्ठको मातहतमा ६ वटा विभाग र बाँकी ११ विभाग चिन्तामणि शिवाकोटीको मातहतमा भएका छन् ।
नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर
नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बन्यो । गत मंगलबारको रेकर्ड तोड्दै विहीबार नेपाली रुपैयाँले नयाँ रेकर्ड बनाएको छ । बिहीबार बैंकहरुले एक डलर ११२ रुपैयाँ ८० पैसासम्म कारोबार गरे । बिहीबारका लागि राष्ट्र बैंकले एक डलरको भाउ ११२ रुपैयाँ १४ पैसा तोकेको थियो । भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ थप सस्तो भएको हो ।
नयाँ लघुवित्त संचालनमा
नमोबुद्ध न.पा. वडा नं.–०२भकुण्डेवेशी, काभ्रेमा केन्द्रीय कार्यालय रहने गरी राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको दिव्य लघुवित्त वित्तीय संस्था लिमिटेड संचचालनमा आयो । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७४ साल कार्तिक ८ गते दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७५ साल असार १९ गते वित्तीय कारोवार गर्ने ईजाजत पाएको यस वित्तीय संस्थाको अधिकृत पूंजी २० करोड, जारी पूँजी ११ करोड र हालको चुक्तापूँजी७ करोड ७० लाख रहेको छ । चुक्ता पूँजीमध्ये संस्थागत लगानीकर्ता सेञ्चुरी कमर्सियल बैंक लि. र कैलाश विकास बैंक लि.को ५१ प्रतिशत तथा व्यक्तिगत लगानीकर्ताको ४९ प्रतिशत संस्थापक सेयर रहेको छ ।
चौतारी लघुवित्तको १४ नयाँ शाखा
चौतारी लघुवित्त वित्तीय संस्थाले एकै पटक १४ वटा नयाँ शाखाहरु संचालनमा ल्यायो । वुटवलको वुद्धपथमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले दाङको हेकुली र कमेरेचौरपूर्वी तथा रुकुमको रुकुमकोटमा शाखा विस्तार गरेको छ । त्यस्तै, जाजरकोटको खलंगा तथा स्याङ्जाको चापाकोट र मीर्मीमा पनि चौतारीको शाखा विस्तार भएको छ । सुर्खेतको देउती, जामुनेबजार, बांगेसिमल, मेहलकुना र बाबियाचौर तथा रुपन्देहीको मझगावा, कपिलवस्तुको पकडी, अर्घाखाँचीको ठाडामा पनि चौतारी लघुवित्तले शाखा संचालनमा ल्याएको छ । यससँगै लघुवित्तको शाखा संख्या ५४ पुगेको छ ।
शाखा तथा सेवा विस्तार
माछापूच्छ्रे बैंक लिमिटेडले मुस्ताङ्गको मार्फा, कागबेनी, लेते र लोमन्थाङ्ग गरी ४ शाखारहित बैकिङ्ग सेवा संचालनमा ल्यायो ।
एनआईसी एशिया बैंकले धादिङ जिल्लाको खानीखोला, धार्के र महादेवबेसीमा नयाँ शाखाहरु विस्तार गर्यो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ७९औं शाखा काठमाडौँको टोखामा संचालनमा ल्यायो ।
लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुली जिल्लाको भिमान, धनुषा जिल्लाको क्षीरेश्वर, महोत्तरी जिल्लाको गौशाला गरी ३ वटा शाखा कार्यालयहरु विस्तार गर्यो ।
संस्थागत सामाजिक उत्तरदायित्व
ओम डेभलपमेन्ट बैंकले कास्कीको भुम्दी स्थित ओखलेडाँडा भुम्दीकोट माध्यमिक बिद्यालयलाई डेक्सटप कम्प्युटर प्रदान गर्यो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कंचनपुरको श्री मालिका बालविद्यालयका दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्यो ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.शाखा कार्यालय धारापानी, धनुषाले मुलावारी स्थित स्थानीय विद्यालय उच्च माध्यमिक प्राविधिक तथा व्यवसायिक विद्यालयमा अध्ययनरत १ कक्षादेखि ५ कक्षासम्मका ५१ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गर्यो ।
ग्रामीण विकास लघुवित्तले आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न कार्यक्रहरुको आयोजना गर्यो ।
सम्झौता
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लिमिटेडबीच बैंकिङ्ग तालिम संचालन गर्ने सम्बन्धी सम्झौता भयो ।
गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंकले यो साता कैलाश विकास बैंक र देवः विकास बैंकसँग सम्झौता सम्पन्न भयो ।
मेगा बैंक नेपाल लिमिटेड र नारायणी अटो बिजनेश प्राइभेट लिमिटेडबीच सरल किस्तामा अटो लोन प्रदान गर्ने सम्झौता भयो ।
ज्योति विकास बैंक लि. र कुमारी बैंक लि. बिच रेमिट सेवा आदान प्रदान गर्ने सम्झौता भयो ।
मेगा बैंक नेपाल लिमिटेड र ललितपुरको सानेपास्थित स्टार अस्पतालबीच सम्झौता भयो ।
माछापुच्छ्रे बैंक र जीएमई रेमिट प्रालि बीच रेमिट्यान्स सम्झौता भयो ।
मुक्तिनाथ विकास बैंक लिमिटेड र ब्लु क्रस अस्पताल बीच सम्झौता भयो ।
एनआईसी एशिया बैंक लिमिटेडले रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी, प्रभु लाइफ इन्स्योरेन्स र जनरल इन्स्योरेन्ससँग बैंकास्योरेन्स सम्झौता गर्यो ।
प्रभु इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बिच नगद रहित (क्यसलेस) सेवा सम्वन्धी सम्झौता भयो ।
मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।
अन्य
माछापूच्छ्रे बैंकले खेलकुद क्षेत्रका उदीयमान नामहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्ब्यासडर नियुक्त गर्यो ।
छिमेक लघुवित्त वित्तीय संस्थाको संचालक समितिको अध्यक्षमा विश्वमित्र श्रेष्ठ चयन भए ।
स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल सञ्चालनमा आएका आफ्ना २० वटा शाखा कार्यालमा कार्यरत प्रशिक्षार्थी फिल्ड कर्मचारीहरुलाई २ दिने आधारभुत लघुवित्त सम्वन्धी तालिम दियो ।