बैंकिङ खबर । कैलाश विकास बैंकले गरिमा गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र कैलाश विकास बैंकबीच सम्झौता सम्पन्न भएको छ । विहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधवप्रसाद उपाध्याय र कैलाश विकास बैंक लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सुर्य प्रसाद तिवारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सम्झौतापश्चात कैलाश विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ६३ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन, भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिने भएको छ ।