Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

पश्चिमाञ्चाल फाइनान्सको मुनाफा १ करोड ९४ लाख

admin २०७३ जेष्ठ ९ गते
सेयर:

paschimanchalपश्चिमाञ्चाल फाइनान्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा १ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनिले गत वर्षको तुलनामा ६२ प्रतिशतले कम नाफा कमाएको हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनिले ५ करोड २ लाख रुपैयाँ मुनाफा कमाएको छ ।

फाइनान्सले गतवर्षको भन्दा २६.७१ प्रतिशतले बढी अर्थात ३ अर्ब ३२ करोड ५१ लाख रुपैँया निक्षेप संकलन गरेको छ । जसबाट गतवर्षको भन्दा २० प्रतिशत कम अर्थात् २ अर्ब २४ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेको छ । फाइनान्सको खुद व्याज आम्दानी १८.८६ प्रतिशतले घटेर ८ करोड ६६ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९० प्रतिशतले घटेर ७८ लाख रुपैयाँ आर्जन भएको छ । फाइनान्सले प्रोभिजनमा ६ करोड ७३ लाख रुपैयाँ राखेको छ । 

फाइनान्सको जोखिमयुक्त सम्पत्ति १८.७४ प्रतिशत रहेको छ भने निष्कृय कर्जा ४.८५ प्रतिशत रहेको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।