Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंक र देवः विकास बैंकबीच रेमिट्यान्स सम्झौता

२०७५ श्रावण २९ गते

बैंकिङ खबर । देवः विकास बैंकले गरिमा रेमिट सेवा प्रदान गर्ने सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र देवः विकास बैंक लिमिटेड बीच सम्झौता सम्पन्न भएको छ । मंगलबार (साउन २९ गते) गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र देवः विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापश्चात देवः विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५१ वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम पठाउन भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ । 

Ad