August 9th, 2018

ग्रामीण अर्थतन्त्रको मजबुतीमा लघुवित्तको योगदान

प्रकाशराज शर्मा, वरिष्ठ उपाध्यक्ष, नेपाल माइक्रोफाइनान्स बैंकर्स एसोसिएसन । अहिले नेपालको बैंकिङ क्षेत्रले समग्र देशकै विकासलाई समेट्दैै आएको छ । पछिल्लो समयमा आएर देशको आर्थिक विकासको मेरुदण्ड रुपमा बैंकिङ क्षेत्रलाई लिन सकिन्छ । बैंकिङ क्षेत्र विकास र परिपक्वताको क्रममा रहेको छ । सबै स्थानीय निकायमा बैंकिङ नेटवर्क पुग्ने क्रममा छ । लघुवित्तका शाखा भने ७७ वटै जिल्लामा पुगिसकेका छन् । 

माइक्रोफाइनान्सको विकास
माइक्रोफाइनान्सकोे विकास बङ्लादेशबाट भएको हो । माइक्रोफाइनान्सलाई पहिला पहिला माइक्रोक्रेडिट वा लघु कर्जा भन्ने गरिन्थ्यो । माइक्रोक्रेडिटमा क्रेडिट मात्र आउँदथ्यो । माइक्रोक्रेडिट माइक्रोफाइनान्समा विकास भएपछि बचत, कर्जा, रेमिट्यान्स र माइक्रो इन्स्योरेन्स सेवा समेत प्रदान गर्न सुरु गरिएको छ । केही समय अगाडी लघुवित्त अब रहँदैन भन्ने समेत विश्लेषण गरिएको थियो । तर, अहिले लघुवित्तले नै गरिब र विपन्न वर्गलाई सहयोग गर्दै आएका छन् ।

वित्तीय पहुँच विस्तार 
२०४९ सालदेखि नेपालमा आधुनिक लघुवित्तको सुरुवात भएको हो । नेपालमा आधुनिक लघुवित्तको विकास भएदेखि वित्तीय पहुँच ४० प्रतिशत पुगेको छ । त्यसमा लघुवित्तको पनि ठूलो योगदान रहेको छ । वित्तीय क्षेत्रबाट प्रवाहित कुल २५ अर्ब कर्जामा झन्डै साढे पाँच प्रतिशत हिस्सा लघुवित्त वित्तीय संस्थाहरुको छ । पछिल्ले समयमा आएर फाइनान्स कम्पनिहरुप्रति भन्दा पनि माइक्रोफाइनान्सप्रति जनचासो बढ्दै आएको छ । सहरमा मात्रै नभएर ग्रामीण भेगसम्म शाखा पुर्याउन लघुवित्तको योगदान ठूलो रहेको छ । मानिसहरुले वित्तीय सेवा लिनका लागि अब कुनै दलालहरुको प्रयोग गर्न आवश्यक छैन । अन्डर टेबल, ओभर टेबलका कुराहरु पनि समाप्त भएको छ । जसमा लघुवित्त वित्तीय संस्थाको ठुलो हात रहेको छ । 

गरिबी न्युनिकरण
२०४९ सालतिर नेपालमा धेरै द्धन्द्ध भयो । उक्त बेलामा पनि नेपालको गरिबी ३१ नै रहेको थियो । लघुवित्त र रेमिट्यान्स कम्पनिहरुको विकास हुँदै आएपछि नेपालको गरिबी क्रमशः घट्दै गएको छ । गरिबहरुको लागि त मेरुदण्डकै रुपमा लघुवित्त स्थापित भएको छ । गरिबी घटेर २५ हुँदै २१ मा आउनको लागि लघुवित्त र रेमिट्यान्स क्षेत्रको विशेष योगदान रहेको छ । ग्रामीण अर्थतन्त्रलार्ई मजबुत र बलियो पार्नका लागि लघुवित्तले विषेश योगदान दिएको छ । नेपालको वित्तीय क्षेत्रको लगानीलाई उत्पादनशस्ल क्षेत्रमा प्रवाह गरेर उत्पादन बढाउन सकियो भने नेपालको विकास हुन समय लाग्दैन । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]