August 8th, 2018

देशभरका ८० अस्पतालमा सनराइज बैंकका ग्राहकलाई विशेष छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य बीमा योजना अन्र्तगत विशिष्ठ सेवा पुर्याउने हेतुले देशभरका ८० भन्दा बढी निजी अस्पतालहरुसँग सम्झौता गरेको छ । जस अनुसार बैंकका ग्राहकहरुले स्वास्थ्य परीक्षण गराउँदा ५ प्रतिशत देखि २० प्रतिशत सम्म विशेष छुट पाउन सक्ने छन् । 

कोही पनि ग्राहक यस सेवाबाट वञ्चित् नहुन् भन्ने लक्ष्य बैंकको रहेको र जस्को प्राप्तिको लागि बैंकले अरु निजी अस्पतालहरुसँग समेत सम्झौताको क्रम जारी राखेको छ । तोकिएका अस्पतालहरुमा छुट पाउनका निम्ति ग्राहकहरुले बैंकको भिसाकार्ड (डेविट वा क्रेडिट कार्ड) देखाउनु पर्नेछ । साथै ग्राहकको सहजताको लागि बैंकले १ वर्ष सम्मको लागि भिसाकार्ड निःशुल्क प्रदान गरेको छ । 

यसै क्रममा बैंक र मनमोहन मेमोरियल सामुदायिक अस्पतालबीच स्वास्थ्य उपचारमा १० प्रतिशत छुट प्रदान गर्ने सम्झौता गरेको छ । उक्त सम्झौता पछि ग्राहकहरुले सुविधा पाउने अस्पतालको संख्या ८४ पुगेको छ । अस्पतालहरुको नाम तथा छुटको विस्तृत विवरण बैंकको वेवसाईट wwww.sunrisebank.com.np    मार्फत प्राप्त गर्न सकिनेछ । 

उल्लेखित छुट बाहेक तोकिएको अस्पतालमा भर्ना भई औषधोपचार गर्दा ग्राहकहरुले बैंकवाट रु १ लाख सम्मको स्वास्थ्य बीमा सुबिधा तथा रु ५ लाख सम्मको दुर्घटना बीमा सुबिधा समेत प्राप्त गर्न सक्नेछन् । यी सबै बीमा सुबिधाहरु बैंकका ग्राहकहरुले निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]