August 1st, 2018

सिटिजन्स बैंकले कमायो एक अर्ब ४० करोड मुनाफा

बैंकिङ खबर । सिटिजन्स बैंक लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब ४० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशत अथार्थ ३२ करोड ६७ लाख रुपैयाँ बढी नाफा कमाएको हो । अघिल्लो  आर्थिक वर्षमा सिटिजन्स बैंकले एक अर्ब आठ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

आठ अर्ब तीन करोड ३२ लाख रुपैयाँ चुक्तापुँजी रहेको बैंकले जगेडा कोषमा २ अर्ब ७६ करोड ८० लाख रुपैयाँ राखेको छ ।  यो अवधिमा ६१ अर्ब ४८ करोड १३ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५७ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ कर्जा सापटी दिएको छ । बैंकको लगानी आठ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । 
यो बैंकको व्याज आम्दानी मात्रै ६ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । 

यो बैंकले खराब कर्जा अनुपात १.२५ प्रतिशत रहेको छ । यस्तो कर्जा गत वर्ष २.०२ प्रतिशत थियो । यसको सीडी रेसियो ७७.८७।६८ प्रतिशत छ भने आधार दर ११.७८ र औषत व्याजदर ८.८४ प्रतिशत रहेको उल्लेख छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]