July 30th, 2018

एनआईसी एशिया बैंकका ग्राहकलाई ओम हस्पिटलमा उपचार गराउँदा १०% सम्म छुट

एनआईसी एशिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिलबिच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंककासम्पूर्ण ग्राहकहरुलाई ओम हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावल र हस्पिटलको तर्फबाट ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरे । 

२३३ शाखा कार्यालयहरु, २२१ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकमा ग्राहकको संख्याकरिब ११ लाख ७५ हजार रहेको छ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]