Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आइएमई जनरल इन्स्योरेन्सको शाखा संख्या ४० पुग्यो  

२०७५ श्रावण १० गते

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्ना थप दूई शाखा कार्यालयहरु चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा विस्तार गरेको छ । कम्पनीको टांडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष श्री राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे भने कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरे ।

यससँगै कम्पनीको शाखा संख्या ४० पुगेको छ । शाखाबाहेक २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट आईएमईले सेवा दिइरहेको छ । चालू आर्थिक वर्षमा थप १२ शाखाहरु विस्तार गर्ने कम्पनीको योजना रहेको छ । ग्राहकहरु लाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्सालबाट  अ ाईएमई जनरल इन्स्योरेन्सले ३६५ दिने बीमा सेवा समेत सुरु गरेको छ ।

उक्त उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारी, व्यावसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए । ८० प्रतिशत हकप्रद सेयर जारी गरेपछि पुग्ने चुक्तापुँजी ९७ करोड २० लाख रुपैयाँको पाँच प्रतिशत बोनस सेयर जारी गरेर एक अर्ब दुई करोड छ लाख रुपैयाँ चुक्तापुँजी पुर्याउने योजना रहेको समेत उनले बताए ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले गत आ.ब.२०७४।०७५ मा १ अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए । उक्त आर्जित बीमा शुल्क अघिाल्लो आ.ब.को तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरु मार्फत ग्राहक महानुभावहरुलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म बीमासेवा प्रदान गर्ने जानकारी गराउंदै उपस्थित सबै महानुभावहरुलाई आफनो सम्पत्तीको पूरा मूल्यमा बीमा गराउन पनि अनुरोध गरे । कम्पनीले आ.ब. २०७५।०७६ मा स्वास्थ्य बीमामा विषेश जोड दिइने नीति लिएको जानकारी दिंदै उनले सुलभ स्वास्थ्य बीमाको लागि जतिसक्दो छिटो कम्पनीको शाखाहरुमा सम्पर्क गरी यो सेवा लिन पनि सबैलाई आग्रह गरे । ।

कार्यक्रममा प्रमुख अतिथी द्धय साथै विभिन्न संघ, संस्था, स्थानीय उद्योगी, व्यापारी तथा व्यावसायीहरुले कम्पनीले शाखा संञ्जाल विस्तार गर्ने क्रममा टांडी र कावासोतीलाई पनि उच्च स्थानमा राखी स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि रत्ननगर, टांडी र कावासोती, नवलपरासीमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष, संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाको साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Ad