बैंकिङ खबर । गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा २७.७८ प्रतिशत बढी नाफा कमाएको हो । अघिल्लो आर्थिक वर्षमा गरिमाले ३४ करोड २६ लाख ५१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चुक्ता पुँजी दुई अर्ब ५३ करोड ४८ लाख रुपैयाँ रहेको बैंकले जगेडाकोषमा ७२ करोड ७२ लाख रुपैयाँ राखेको छ । यो अवधिमा बैंकले २१ अर्ब २२ करोड १२ लाख रुपैयाँको निक्षेप संकलन गरेर १८ अर्ब ८५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
संचालन मुनाफा ६६ करोड ८७ लाख रुपैयाँ पुर्याएको बैंकले एक अर्ब खुद व्याज आम्दानी गरेको छ । बैंकले प्रोभिजनमा ४३ करोड ७८ लाख ६७ हजार रुपैयाँ राखेको छ । बैंकको खराब कर्जा शून्य दशमवल २७ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी १७.२७ रुपैयाँ र प्रति शेयर नेटवर्थ १२८.६९ रुपैयाँ रहेको छ ।
