Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंक र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता 

२०७५ श्रावण ४ गते

गरिमा विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । साउन ३गते बिहीबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र कुमारी बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतापश्चात कुमारी बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ८६वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ । 

सोही कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडले कुमारी रेमिट मार्फत रकम भुक्तानी गर्ने सम्बन्धमा समेत गरिमा विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७शाखा कार्यालयबाट कुमारी रेमिटमार्फत रकम भुक्तानी गर्न र खातामा जम्मा गर्न सकिन्छ ।                         

Ad