Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एकैदिन गण्डकी विकास बैंकका ६ शाखा विस्तार, छिटै नौ थपिँदै 

२०७५ श्रावण १ गते

गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल (ओमसतिया) र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा शाखा संचालन गरेको हो । 

यससँगै बैंकको शाखा संख्या ६८ पुगेको छ । बैंकले छिटै नै नेपालको पूर्व देखि पश्चिमसम्म ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बताए ।

बैंकले आफ्ना सबै शाखाहरुबाट पुर्ण बैंकिङ सुविधा प्रदान गर्दै आएको छ । निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबिबिएस, एटिएम, ईसीसी÷आईपिएस, सिआस्वा, मोबाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहतिको सेवा बैंकले आफ्ना शाखाहरुमार्फत प्रदान गरिरहेको छ ।

Ad