Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुगु, रसुवा र खोटाङ्गका दुर्गम गाउँमा राष्ट्रिय वाणिज्य बैंकका शाखा विस्तार

२०७५ असार ३२ गते

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सोमबारदेखि थप तीन वटा शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ । बैंकले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नं. ६ स्थित सोरुकोटमा शाखा कार्यालय सोरु, रसुवा जिल्लाको कालिका गांउपालिका वडा नं. २ स्थित शाखा कार्यालय कालिकास्थान र खोटाङ्ग जिल्लाको केपिलासगढी गांउपालिका वडा नं. ४ स्थित शाखा कार्यालय बाक्सिलाबाट कारोबार सुरु गरेको हो ।

यससँगै राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयहरुको संख्या २०४ पुगेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सरकारको सबै स्थानीय तहमा बैंकको शाखा खोल्ने नीति अनुरुप राष्ट्रिय वाढिाज्य बैंकले स्थानीय जनतालाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने गरि शाखा खोल्ने कार्यलाई प्राथमिकता दिएको बताए ।

बैंकको हाल ७४ जिल्लामा २०४ वटा शाखा कार्यालय, १३५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ । चालु आ.व.को तेस्रो त्रैयमास सम्म बैंकले १ खर्व ५३ अर्व निक्षेप संकलन गरी १ खर्व १२ अर्व कर्जा लगानी गरि ३ अर्व ८ करोड खुद मुनाफा कमाएको छ ।

Ad